राजपाकी केन्द्रिय कोषाध्यक्ष एमालेमा प्रवेश

काठमाडौ । असार ४ । निर्वाचन छाडेर आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले धमाधम पार्टी छाड्न थालेका छन ।

चुनावमा नगएपछि जिल्लाका नेता कार्यकर्ता पार्टी छाडेर अरु दलबाट उम्मेदवार बनिरहेका बेला राजपाकी केन्द्रीय कोषाध्यक्ष अनिता यादव नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अनिता यादवलाई पार्टी प्रवेश गराउनुभएको हो ।

एमाले प्रवेश गरेकी अनिता यादव गत २०६६ मा मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा निधन भएका तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुनुहुन्छ ।

अनिता दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट धनुषा ५ को उम्मेदवार भएर कांग्रेस उम्मेदवार चन्द्रमोहन यादवसँग पराजित हुनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.