राजपाको स्वतन्त्र उम्मेदवारी सरकारसँगको सहमति बमोजिम नै हो– गृहमन्त्री

बुटवल ।असार ५ । सरकारले स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि रुपन्देहीको दक्षिण क्षेत्रका ३ गाउँपालिकामा राष्ट्रिय जनता पार्टीले दिएको स्वतन्त्र उम्मेदवारी प्रधानमन्त्रीसँग भएको सहमति बमोजिम नै भएको दावी गरेको छ ।

स्थानीय तहको निर्वाचनका सन्दर्भमा सोमवार बुटवलमा भएको सुरक्षा गोष्ठीपछि पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री शर्माले राजपाले सरकारसँग भएको सहमति बमोजिम नै स्वतन्त्र रुपमा उम्मेदवारी मनोनयन दर्ता गरेको बताउनुभयो ।

वार्ताका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासंग प्रदेश नम्बर दुईको निर्वाचन सार्ने र अन्य प्रदेशमा राजपाले स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्ने सहमति राजपाकै नेताहरुबाट भएको गृहमन्त्री शर्माको दावी थियो ।

गृहमन्त्री शर्माले दोस्रो चरणको निर्वाचनमा जनताले ढुक्कसंग मताधिकार प्रयोग गर्न पाउने भन्दै निर्वाचनका लागि सवै सुरक्षा निकायको भरपर्दो परिचालन भैरहेको बताउनुभयो ।

बुटवलमा भएको सुरक्षा बैठकमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाची, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहित प्रहरी संगठनका स्थानीय प्रमुखको सहभागिता रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.