भरतपुरमा च्यातिएको मतपत्र झिकाउन सर्वोच्च अदालतको आदेश

काठमाडौ । असार ६ । सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा च्यातिएका मतपत्र झिकाउन आदेश दिएको छ ।

कामु प्रधानन्यायाधिश गोपाल पराजुली र न्यायाधिश हरिकृष्ण कार्कीको इजलासले यथाशिघ्र मतपत्र ल्याउन आदेश दिएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि मंगलवार भएको सुनुवाईमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले गत जेठ १४ गते ९० वटा मतपत्र च्यातेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय विरुद्ध भरतपुर वडा नम्बर १९ का एमालेका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।

यसअघि कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको सुनुवाई अन्य मुद्दाको चाप र समय अभावका कारण मगलवारका लागि सारिएको थियो । सुनुवाई पटक पटक सरेपछि भरतपुर महानगरपालिकाको निर्वाचन वा मतगणना के हुन्छ भन्ने बिषय अन्यौलमा परेको छ ।

भरतपुरमा मतगणनाको अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि मतगणनास्थल अनाधिकृत कब्जा भएको पुष्टि गर्दै निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।

तर आयोगको निर्ण विरुद्ध भरतपुर वडा नम्बर १९ का एमालेका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।

भरतपुरमा विवादित १९ नम्वर बडाको मत केही गणना हुन बाँकी छ भने २० नम्वरको पनि गन्न बाँकी छ । मतगणना सकिनै लाग्दा आफ्नो पक्षले हार्ने देखेपछि माओवादीका प्रतिनिधिले मत च्यातेका थिए ।

मत च्यात्ने कार्यमा काँग्रेसको पनि मिलेमतो छ । भरतपुरमा एमालेका देवी ज्ञवालीले चुनाव जित्न लाग्दा काँग्रेस र माओवादी केन्द्रको गठबन्धनकी उम्मेदवार पुष्पकमल दाहालकी छोरी रेणू दाहालले हार्ने देखिएपछि उनीहरुले नै षडयन्त्र गरेर मत च्यातेका हुन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.