पहाडी क्षेत्रमा भिषण बर्षा भएपछि तिनाउमा एक्कासी बाढी

बुटवल । असार ६ । पाल्पा र अर्घाखाँचीका पहाडी क्षेत्रमा भिषण बर्षा भएपछि रुपन्देहीको तिनाउ नदीमा एक्कासी बाढी आएको छ ।

पाल्पा क्षेत्रमा आएको बर्षासँगै बुटवल र त्यसआसपासका तिनाउ नदी बीच र छेउछाउका बस्ती समेत जोखिममा परेका छन ।

बर्षाका कारण पाल्पा र सिद्धवावा खण्डका विभिन्न क्षेत्रमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग समेत अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि कैयौ सवारी साधन राजमार्गमै रोकिएका छन । विहानसम्म सुख्खाजस्तै रहेको तिनाउमा बर्षासँगै एक्कासी बाढी आएपछि स्थानीयबासिन्दामा त्रास समेत बढेको छ । तस्विर– हरिप्रसाद अर्याल

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.