कांग्रेसले बुटवललाई आर्थिक हव बनाउने

बुटवल, ७ आषाढ । बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले बुटवललाई मुलुककै आर्थिक हवको रुपमा विकास गर्ने प्रस्ताव अगाडि सार्नुभएको छ ।

मंगलवार बुटवलमा भएको उद्योगी व्यवसायीको भेलालाई सम्वोधन गर्दे मेयर उम्मेदवार पाण्डेले मुलुकको आर्थिक केन्द्रविन्दुको रुपमा बुटवललाई विकास गर्ने सकिने सम्भावना औल्याउनुभयो । उहाँले बुटवलको मुहार फेर्नकै लागि पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको पनि बताउनुभयो ।

मेयरका उम्मेदवार पाण्डेले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन सरकारले जसरी उद्योगी व्यवसायीलाई टेवा पुग्ने ढंगले काम गरेको छ, त्यसरी नै आफूहरुले पनि स्थानीय तहमा उद्योगी र व्यापारीलाई आकर्षित गर्ने अनुकूल वातावरण बनाएर यस नगरमा औद्योगिक, व्यापारिक र आर्थिक विकास गर्ने बताउनुभएको थियो । उहाँले नेपाली कांग्रेसले नेतृत्व गरेको संयुक्त प्यानलको विजयले बुटवललाई उद्योग र वाणिज्यको केन्द्रको रुपमा विकसित गर्न सघाउने भएकोले समस्त उद्योगी व्यवसायीहरुसंग संयुक्त प्यानललाई विजयी गराउन अपिल गर्नुभएको थियो ।
त्यसैगरी नेकपा माओवादी केन्द्रवाट उपमेयर पदका उम्मेदवार जगतबहादुर पोखरेलले समग्रमा बुटवलको विकास भिजन संयुक्त प्यानलसंग भएको बताउदै त्यसलाई साकार पार्न उद्योगी व्यवसायीहरुको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री शंकर भण्डारीले बुटवलको विजयको संन्देशले मुलुकको राजनीतिमा प्रभाव पार्ने बताउदै इमान्दारीपूर्वक संयुक्त प्यानलका उम्मेदवारहरुलाई विजयी गराउन अपिल गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दधिराम न्यौपानेले शान्ति प्रकृयादेखि नै माओवादी केन्द्र र कांग्रेसको सहकार्य रहेको बताउदै शान्ति र संमृद्धिको लागि दुई दलबीच दीर्घकालीन सहकार्य जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद शंकर पाण्डे, क्षेत्रीय सभापति हरि लम्साल, बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हिराप्रसाद श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंह महासचिव हरिप्रसाद अर्याल लगायतले बोल्नुभएको थियो ।
सुकुम्वासीको समाधान काँग्रेसले गर्ने
बुटवल उपमहानगर पालिकामा नेपाली काँग्रेसका तर्फवाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेले नगरका सुकुम्वासीहरुको समाधान नेपाली काँग्रेस बाहेक कुनै पार्टीले गर्न नसक्ने बताउनु भएको छ ।
मंगलवार बुटवल उपमहानगर पालिकाको वडा नम्बर १७ को रानीगंज र मोतिपुरमा तथा वडा नम्बर १६ को सेमलारमा भएका अलग अलग चुनावीसभामा वोल्दै मेयर पदका उम्मेदवार पाण्डेले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा उपमेयर उम्मेदवार पोखरेल, नेपाली काँग्रेसका वडा नम्बर १६ का अध्यक्षका उम्मेदवार भवानी शर्मा १७ नम्बर वडा अध्यक्षका उम्मेदवार ओम बहादुर घिमिरे बावुरामले संयुक्त प्यानललाई विजयी बनाउन आग्रह गर्नुभएको थियो ।यसैबीच वडा नम्बर ४ ले मंगलवार आर्दश नगरमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । वडा अध्यक्षका उम्मेदवार अर्जुन रानभाट, वडा सदस्य परमानन्द भट्टराई, सर्वजित केसी ,महिला सदस्य गंगा पन्थी र महिला दलित सदस्य गोमा नेपाली बुथ सभापति अरुण श्रेष्ठ लगायतले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न वडावासीलाई आग्रह गर्नुभएको थियो । मंगलवार वडा नम्बर ७ मा मंगलवार मोटरसाईकल ¥याली निकाली चुनावी प्रचार प्रसार गरेको वडा अध्यक्षका उम्मेदवार पदमबहादुर गाहाले बताउनु भयो । वडाको प्रचार कार्यालयवाट निकालिएको रयाली पुरै वडा परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । वडामा नेपाली काँग्रेस, जनमुक्ति र माओवादी केन्द्रबीच चुनावी तालमेल गरिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.