सडक दुर्घटनामा दुई जनाको मृत्यु

बुटवल ।असार ७ । रुपन्देहीको सैनामैनामा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ६१०४ नम्बरको यात्रुवहाक बसले विपरित दिशातर्फ गइरहेको लु ९ प ६१८७ नम्बरको मोटरसाइकललाई सैनामैना–१, रानिबगियामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

बसको ठक्करबाट सैनामैना–६, दुधराक्षका २३ वर्षीय युवराज घिमिरेको घटनास्थलमै मृत्यु भएको थियो भने घाइते भएकी गुल्मी मदाने–१, अग्लुङकी २९ वर्षीया सीता चन्दको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको मुर्गिया प्रहरी चौकीले जानकारी दिएको छ।

मोटरसाइकललाई ठक्कर दिने बस चालक रुकुमका युवराज घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.