माओवादी केन्द्रका केन्द्रिय सदस्य पोखरेलले एमालेमा प्रवेश

बुटवल ७ असार । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण पोखरेलले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गरि पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् । बुधवार बुटवलमा आयोजित एक कार्यक्रमका वीच पोखरेललाई नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्रि विष्णु पौडेलले पार्टी प्रवेश गराए ।
जनमोर्चा हुंदै माओवादीमा प्रवेश गरेका पोखरेलले लामो समय उक्त पार्टीमा रहेर काम गरेका थिए ।माओवादी पार्टीभित्र युवा र वौद्धिक नेताका रुपमा स्थापित पोखरेले राष्ट्रियताको मुद्धामा एमालेले देखाएको भूमिकाबाट प्रभावित भएर आफु एमाले प्रवेश गरेको बताए । ‘मुलुक रहेसम्म हामी रहन्छौं,राष्ट्र र राष्ट्रियताका लागि एमाले बाहेक अरु पार्टीले केही गर्लान् जस्तो लागेन’–पोखरेलले भने ।
पोखरेलले माओवादी अझै पनि एउटा झुण्डको रुपमा मात्रै रहेको,पार्टी बनिनसकेको र त्यसलाई पार्टीको रुपमा स्थापित गर्ने कुरामा माओवादी नेताहरु उदासिन रहेकाले पनि आफुले उक्त पार्टी परित्याग गरेको बताए । माओवादी पार्टीमा देखिएको सांगठनीक अराजकताका कारण उसले आफ्नो वर्गीय पक्षधर पार्टी एमालेसंग तालमेल नगरेर कांग्रेस संग तालमेल गरेको भन्दै नेता पोखरेलले यो विषयमा माओवादीका सयौं नेताहरु असन्तुष्ट रहेको चर्चा गरे ।
पांच नम्वर प्रदेश विभाजनको पक्षमा उभीनु पनि माओवादीको गम्भीर भूल रहेको चर्चा गर्दै नेता पोखरेलले पांच नम्वर प्रदेश विभाजनका विरुद्ध एमालेको अभियानले आफुलाई सवैभन्दा बढी आकर्षित गरेको बताए ।
पार्टी प्रवेश गराउंदै एमाले उपमहासचिव विष्णु पौडेलले राष्ट्रियता,स्वाधिनता,विकास र सम्मृद्धिका लागि प्रतिबद्ध भएर काम गर्न नवप्रवेशी नेता पोखरेललाई आग्रह गरे ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.