उच्च शिक्षाका लागि काण्ठमाडौं जादा, धेरैले पछुताउनुपरेको,छ – उपाध्याय

आदर्शलाई होराईजनको सम्मान
बुटवल, ९ असार । एसइइ परीक्षामा ४ जिपिए ल्याएर सर्वोत्कृष्ट भएका रुपन्देही सैनामैनाका आदर्श पाण्डेलाई बुटवलमा सम्मान गरिएको छ । न्यू होराईजन कलेज तिलोत्तमा ड्राइभरटोलले शुक्रबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
सैनामैना नगरपालिका रामापुर स्थित रिभाईवल बोर्डिङ्ग स्कूलमा अध्ययनरत पाण्डेले एसईईमा नेपालमै सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी हुन । होराईजनले विद्यार्थी पाण्डेलाई सम्मान गर्दै उच्च शिक्षा अध्ययनका लागि काण्ठमाडांै भन्दा बुटवल अब्बल रहेको तथ्य प्रस्तुत गरेको थियो । सो अवसरमा होराईजनका संस्थापक प्राचार्य लोकनाथ उपाध्यायले उच्च शिक्षाका लागि काण्ठमाडौं गएर पढ्दा धेरैले पछुताउनुपरेको भन्दै उच्च शिक्षाका लागि रुपन्देही छाडेर अन्त जान नपर्ने बताए । सम्मानित पाण्डेले आफु जहाँ पढेपनि रुपन्देहीको गौरव बढाउने गरि काम गर्ने बताए ।उनले सबैको सहयोग र आप्नो कडा मिहेनत बाट सफलता प्राप्त गरेको वताए ।

कार्यक्रममा प्राध्यापक डा. मुरारी पराजुली, रिभाईवल स्कूलका प्राचार्य कृष्ण प्रसाद शर्मा, प्राध्यापक इन्द्र भुसाल, गोपाल प्रसाद आचार्य, विद्यार्थी पाण्डेका पिता खेलराज पाण्डे, प्राध्यापक डा. ताराप्रसाद उपाध्याय, तारा प्रसाद भट्टराईले बोल्दै पाण्डेको सफलता रुपन्देहीको शैक्षिक सफलता भएको बताएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.