गुल्मीमा चुनावी रौनक, कसले मार्ला वाजी ?

केशव भण्डारी– बुटवल । असार ९ । नेपालको राजनीतिक इतिहासमा गुल्मीको महत्वपुर्ण भुमिका छ । २०१५ सालको पहिलो जननिर्वाचित संसदको पहिलो बैठक संचालन गर्ने सांसद पनि गुल्मीकै थिए भन्ने हेक्का कमैलाइ होला । पछिल्ला दिनहरुमा पनि गुल्मीले कैयौ नेताहरु जन्माएको छ ।

त्यही गुल्मीमा अहिले यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावको रौनक छ । दल र तीनका उम्मेदवारहरु जनतासामु भोट माग्न लर्को लागेर घरघरमा गैरहेका छन ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार यो निर्वाचनमा गुल्मीबाट ४ सय ८९ जना जनप्रतिनिधीका लागि १ हजार ४ सय २३ जना चुनावी मैदानमा उत्रिएका छन् । ती मध्ये ५ सय ४० जना महिला उम्मेदवारहरु छन् । ति महिला मध्ये १५ जना महिलाले वडा अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
८६ हजार १५ जना पुरुष र ९४ हजार ७ सय ५९ महिला गरि १ लाख ८० हजार ७ सय ७५ मतदाता रहेको गुल्मीमा २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् । निर्वाचनका लागि जिल्लामा १ सय ३८ मतदान स्थल र २ सय ४० वटा मतदान केन्द्रहरु निर्धारण गरिएको छ ।
११ वटा क्रियाशिल दल रहेको गुल्मीमा निर्वाचनको मिति नजिकिदै गर्दा मुख्य प्रतिष्प्रर्धी दल काँग्रेस, एमाले र माओवादी केन्द्र गरी सवैले आफ्ना प्रतिवद्धता र आश्वासन दिदै घरदैलो गरिरहेका छन ।

जिल्लाको सदरमुकाम तम्घास समेत रेहेको रेसुङ्गा नगरपालिकामा १८ हजार भन्दा धेरै मतदाता छन । १५ वटा मतदान स्थल र २८ वटा मतदान केन्द्र रहेको रेसुङ्गामा चुनावी प्रतिष्प्रर्धा कडा छ । यहाँ नेपाली कांग्रसबाट भुवनप्रसाद श्रेष्ठ
तथा एमालेबाट डिल्लीराज भुसाल र माओवादी केन्द्रबाट धर्म बिश्वकर्मा मेयरका प्रत्यासी छन ।
दोश्रो नगर मुसिकोटमा सवै भन्दा बढि १९ हजार ४८५ मतदाता छन । यहाँ मतदान स्थल १५ र मतदान केन्द्र २४ वटा तोकिएको छ । यहाँ कांग्रेसबाट कृष्णहरी सापकोटा र एमालेबाट सोमनाथ सापकोटा तथा माओवादी केन्द्रबाट खुमबहादुर थापा मेयरका प्रत्यासी हुन ।

जिल्लाको पुर्वी भेगमा रहेको र वाग्लुङ, पर्वत तथा स्याङ्गजाको सिमानामा पर्ने कालिगण्डकी गाउँपालिकामा १२ हजार ६ सय ३४ मतदाता छन । यहाँ मतदान स्थल १० र मतदान केन्द्र १७ वटा तोकिएको छ ।
कालिगण्डकी गा.पा.मा काँग्रेसले अध्यक्षमा वेद थापा मगरलाइ अध्यक्षको उम्मेदवार बनाएको छ । एमालेले टिकाराम ढकाललाइ र माओवादी केन्द्रले ओमप्रकाश न्यौपानेलाइ अध्यक्ष पदमा उठाएका छन ।

यस्तै १३ हजार ३ सय ९३ मतदाता संख्या रहेको चन्द्रकोटमा द्रोण खत्री (कांग्रेस), भिमलाल श्रेष्ठ (एमाले) र युवाराज केसी (माओवादी केन्द्र )का उम्मेदवार चुनावी मैदानमा छन ।
यस्तै १५ हजार ५ सय ७१ मतदाता रहेको सत्यवती गाँउपालिकामा पारिश्वर ढकाल कांग्रेस र अमरसिंह सिंजाली एमाले का अध्यक्षका उम्मेदवार हुन । त्यहा माओवादी केन्द्रको कांग्रेसलाई समर्थन छ ।
उता १३ हजार ५ सय ४२ मतदाता रहेको रुरु गाउँपालिकामा मतदान स्थल ११ वटा र मतदान केन्द्र १८ वटा छन । पाल्पा र स्याङजा सँग सिमा जोडिएको पवित्र रुरु क्षेत्र समेत पर्ने रुरु गाँउपालिकामा कांग्रेस–माओवादीबीच गठबन्धन छ । यहाँ काग्रेसका यदु ज्ञवाली र एमालेबाट निलकण्ठ गौतम अध्यक्षका प्रतिष्प्रर्धी हुन ।
गुल्मी दरवार गाउँपालिकामा पनि चर्को प्रतिष्प्रर्धा छ । यहाँ मतदाता १५ हजार ३६७ छन भने मतदान स्थल ११ र मतदान केन्द्र १८ वटा कायम गरिएको छ । यहाँ कांग्रेसबाट अशोककुमार थापा, एमालेबाट कृष्णबहादुर भुसाल र माओवादी केन्द्रबाट पुनाराम ज्ञवाली अध्यक्षको मैदानमा छन ।
छत्रकोट गाउँपालिकामा १५ हजार ५ सय ११ मतदाता छन । १० मतदान स्थल र १८ वटा मतदान केन्द्र रहेको छत्रकोटमा कांग्रेसबाट अनन्तराम पौड्याल र एमालेबाट मधुकृष्ण पन्थ तथा माओवादी केन्द्रबाट रामप्रसाद पन्थ उम्मेदवार छन । मधुकृष्ण एमालेका जिल्ला अध्यक्ष हुन भने काँग्रेसका अनन्त साविकको हुँगा गाविसका पुर्व अध्यक्ष । यहाँ यी दुइवीच कडा प्रतिष्प्रधा हुनेछ ।
यस्तै १५६४९ मतदाता रहेको धुर्कोट गाउँपालिकामा मतदान स्थल ११ र मतदान केन्द्र २१ वटा तोकिएको छ । यहा कांग्रेस माओवादी केन्द्रबाट भुपाल पोखरेल र एमालेबाट कृष्ण घिमिरे अध्यक्षका उम्मेदवार बनेका छन ।
यसैगरी मदाने गाउँपालिकामा १३ हजार २७८ मतदाता छन । अर्घाखाँची र प्युठानको सिमाना जोडिएको मदानेमा मतदान स्थल १० र केन्द्र १९ वटा छन । यहाँ काग्रेसका महेन्द्र कुँवर र एमालेबाट दानबहादुर केसी तथा माओवादी केन्द्रबाट बेगमबहादुर चन्द अध्यक्षका उम्मेदवार हुन ।
ईस्मा गाँउपालिकामा मतदाता १३ हजार ८४० छन । यहाँ ८ वटा मतदान स्थल र १८ वटा मतदान केन्द्र तोकिएको छ । यहाँ कांग्रेसबाट चन्द्रबहादुर महत तथा एमालेबाट लक्ष्मण बिष्ट र माओवादी केन्द्रबाट विमला थापा उम्मेदवार बनेका छन।
उता उत्तरी वाग्लुङ्गको सिमानासँग जोडिएको मालिका गाउँपालिका १४ हजार १६४ मतदाता छन । ११ मतदान स्थल र १९ वटा केन्द्र रहेको मालिकामा कांग्रेसबाट ज्ञानबहादुर कार्की तथा एमालेबाट रितबहादुर थापा र माओवादी केन्द्रबाट देविराम अर्याल अध्यक्षका उम्मेदवार हुन ।
जिल्लामा काँग्रेस र माओवादीले धेरै ठाउँमा चुनावी तालमेल गरेका छन । प्रतिष्प्रर्धा मुख्य रुपमा काँग्रेस र एमालेको हो । एमालेका प्रदीप ज्ञवाली र गोकर्ण विष्ट तथा काँग्रेसका चन्द्र भण्डारी लगायतका केन्द्रीय नेताहरु पनि अहिले आफ्ना उम्मेदवार जिताउन जिल्लामा खटिएका छन।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.