बुटवलमा एमाले युवाहरुको ऐतिहासीक विशाल मार्चमास र सभा

एमाले युवाहरुको ऐतिहासीक विशाल मार्चमास र सभा

बुटवल, असार १० । निर्वाचनको प्रचार प्रसारका क्रममा दलहरुले सभा र ¥याली प्रदर्शन गरिरहेका छन् । यसैक्रममा एमालेको युवा निर्वाचन परिचालन कमिटी बुटवलले शनिबार अपरान्ह बुटवलमा विशाल मार्च पास र सभा गरेको छ ।
हजारौं युवाहरुको मार्चपास राजमार्ग चौराहाबाट सुरु भएको थियो । उक्त मार्चपास मिलनचोक, बसपार्क, अस्पताललाई हुँदै ट्राफिकचोकमा पुगेर सभामा परिणत भएको थियो । उक्त सभामा बोल्दै एमाले नेताहरुले युवाहरुको भविष्यका लागि पार्टीले घोेषणापत्रमा प्रष्ट उल्लेख गरेको बताए ।
सभामा एमाले उप–महासचि तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमाले रुपन्देहीका कार्यबाहक सचिव गोपाल राना, युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङ, युवा संघका केन्द्रीय सदस्य ध्रूव आचार्य मेयरका उम्मेदवार शिवराज सुवेदी, उपमेयरका गोमा आचार्यले बोल्दै बुटवलको समृद्धिका लागि एमालेको जित आवश्यक रहेको बताएका थिए ।
उनीहरुले हिजो प्रदेश विभाजनको प्रस्ताव गर्ने, तराई र पहाडलाई अलग अलग गर्नुपर्छ भन्ने र सामाजिक एकतालाई तोड्न खोज्नेहरुले अहिले अनेक नाममा एमालेका विरुद्ध मोर्चाबन्दी गरिरहेको आरोप लगाए ।
युवा परिचालक कमिटीका संयोजक देवराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य सुजु मल्लले स्वागत र अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य यमराज पाण्डेले सञ्चालन गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.