निर्वाचन परिणाम– विजयी र अग्रता दुवैमा एमाले अगाडि

बुटवल । असार १६। दोश्रो चरणको स्थानीय निर्वाचनमा मतदान भएका ३ सय ३४ तहमा जारी मतगणनाका नेकपा एमाले र नेपाली काँग्रेसबीच कडा प्रतिष्प्रर्धा देखिएको छ । निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

अहिलेसम्मको परिणाम हेर्दा नेकपा एमालेले अग्रस्थानमा विजयी भएको छ ।दोश्रो स्थानमा नेपाली काँग्रेस छ ।
तेश्रो स्थानमा माओवादी केन्द्र छ ।

एमालेबाट डडेल्धुराको अमरगढी नगरपालिका प्रमुखमा विपिन ओझा र उपप्रमुखमा एमालेकै संगीता भण्डारी विजयी हुनुभएको छ ।

यस्तै एमालेबाट बझाङको थलारा गाउँपालिका अध्यक्षमा एमालेका भुवनेश्वर उपाध्याय,भोजपुरको रामप्रसाद राई गाउँपालिकामा विजय राई, वाजुराको गौमुल गाउँपालिका प्रमुखमा हरि रोकाया र पाण्डवगुफा गाउँपालिका अध्यक्षमा कालीबहादुर शाही विजयी हुनु भएको छ ।

वैतडीको पञ्चेश्वर गाउँपालिका अध्यक्षमा गोरखबहादुर चन्द, खोटाङको जन्तेढुंगा गाउँपालिका अध्यक्षमा शंकर राई र बझाङको मष्टा गाँउपालिका अध्यक्षमा पनि एमालेकै कर्णबहादुर कठायत विजयी हुनुभएको छ ।
काग्रेसबाट दार्चुलाको महाकाली नगरपालिकाको प्रमुखमा हंसराज भट्ट र वाजुराको वडिमालिका नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका पदमवहादुर वडुवाल विजयी हुनु भएको छ ।

गुल्मीको गुल्मीदरवार गाउँपालिका अशोककुमार थापा, बाजुराको छेडेदह गाउँपालिका अध्यक्षमा नरबहादुर राउत काँग्रेसबाट विजयी हुनुभएको छ । बझाङको काँडा गाउँपालिका अध्यक्षमा पनि काँग्रेसका राजेन्द्र धामी विजयी हुनुभएको छ । संखुवासभाको चिचिला गाउँपालिका अध्यक्षमा काँग्रेसका पासाङ नुर्बु शेर्पा र सिलीचोङ गाउँपालिका अध्यक्षमा काँग्रेसकै रामबहादुर राई विजयी हुनुभएको छ ।

माओवादीबाट रुकुमको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका ओमप्रसाद घर्ती र सोलुखुम्बुको महाकुलुङ गाउँपालिका अध्यक्षमा सागर किाराती विजयी हुनुभएको छ । यस्तै सोलुखुम्बुकै लिखुपिके गाउँपालिका अध्यक्षमा पनि माओवादी केन्द्रका डम्बरबहादुर बस्नेत विजयी हुनुभएको छ ।

यस्तै प्युठानको मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका अम्वरध्वज राना विजयी हुनुभएको छ ।
मत परिणाम आउने क्रम जारी छ ।
\

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.