२० बर्ष अघिको वदला लिँदै तम्घासमा एमालेका डिल्लीराज भुसाल विजयी

बुटवल । असार १७ ।गुल्मीको सदरमुकाम तम्घास समेत रहेको रेसुंगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार डिल्लिराज भुषाल विजयी हुनुभएको छ । भुषालले जिल्ला सभापति समेत रहेका काँग्रेसका उम्मेदवार भुवन श्रेष्ठलाइ पराजित गर्नुभएको हो ।

तम्घासमा एमालेले २० बर्ष अघिको पराजयको बदला लिएको छ । भुषालले ६ हजार ३ सय ८८ मत ल्याउँदा श्रेष्ठले भने ६ हजार २ सय ४१ मत पाउनुभयो । २० बर्ष अघि साविक तम्घास गाविस हुँदा भुवन श्रेष्ठले अध्यक्ष जित्नुभएको थियो भने डिल्लिराज भुषाल पराजित हुनुभएको थियो ।

उपप्रमुखमा पनि एमालेले ७ मतको अन्तरले विजय हात पारेको छ । एमाले उम्मेदवार सिता भण्डारीले ६ हजार २ सय २८ मत ल्याउँदा काँग्रेस उम्मेदवार अमृतादेवी कुँवरले ६ हजार २ सय २१ मत पाउनुभएको छ ।
रेसुंगा नगरपालिकाको वडा नम्वर ४ मा पनि रोचक नतिजा आएको छ । एमाले र काँग्रेसका उम्मेदवारको वरावर मत आएपछि गोलाप्रथाबाट एमालेले जित हात पारेको छ ।

काँग्रेसका लिलाधर आचार्य र एमालेका विजयकुमार मरासिनीको मत ४९३–४९३ आएपछि गोला प्रथाबाट परिणाम सार्वजनिक गर्दा एमालेका मरासिनी बिजयी भएका हुन ।

१४ वडा रहेको रेसुंगाका ८ वटा वडामा काँग्रेसले प्यानल सहित विजयी हात पारेको छ । एमालेले भने ६ वटा वडामा प्यानल सहित जितेको छ ।

गुल्मीका ११ वटा तहमध्ये ६ वटाको नतिजा सार्वजनिक भएको छ। जसमा ,रुरु गाँउपालिका ,मालिका गाँउपालिका र छत्रकोट गाँउपालिकामा नेकपा एमाले विजयी भएको छ ।
यस्तै गुल्मीदरबार गाँउपालिका र चन्द्रकोट गाँउपालिकामा नेपाली काङ्ग्रेसले जितेको छ । बाँकी ५ वटा तहको मतगणना जारी छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.