१८ असार,काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये आइतबार साँझ साढे ६ बजेसम्म २ सय ७ स्थानको मतगणना सकिएको छ । केही स्थानीय तहको गणना सकिए पनि औपचारिक घोषणा हुन बाँकी छ ।

१ सयभन्दा बढी स्थानीय तहको मतगणना जारी रहँदा नेकपा एमालेले सुरुदेखिकै अग्रता कायम गरेको छ । एमालेले १३ नगरपालिकासहित ९२ स्थानीय तह जितेर पहिलो स्थान सुरक्षित गरेको छ ।

नेपाली कांग्रेसले २१ नगरपालिका सहित ८१ स्थानीय तह जितेर एमालेलाई पछ्याइरहेको छ । कांग्रेस र एमालेबीच बढीमा २० स्थानीय तहको अन्तरमा प्रतिस्पर्धा भइरहेको छ ।

माओवादी केन्द्रले ४ नगरपालिकासहित २९ स्थानीय तह जितेर तेस्रो स्थान सुरक्षित गरेको छ । चौथो स्थानमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले दुई/दुई स्थानीय तह जितेका छन् भने फोरम लोकतान्त्रिकले एक स्थानीय तह जितेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.