घोराही उपमहानगरमा एमालेको जित

बुटवल । असार १९ ।नेकपा एमालेले उपमहानगरपालिकामा पनि जितको पहिलो खाता खोलेको छ । दाङको घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरी निर्वाचित हुनुभएको छ ।

दोश्रो चरणको निर्वाचन भएका उपमहानगर मध्ये मत परिणाम सार्वजनिक भएको घोराही पहिलो उपमहानगर हो ।
चौधरीले २२ हजार ३० मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका मुख्य प्रतिष्प्रर्धी रहेका काँग्रेसका प्रत्यासी भुपबहादुर डाँगीले १७ हजार ४ सय ८४ मत ल्याउनुभएको छ । नरुलालले डाँगीलाई ४ हजार ५ सय ४६ मतले पराजित गर्नुभयो ।

घोराहीको उपप्रमुखमा एमालेकै सिता न्यौपाने २० हजार ७ सय ९२ मत ल्याएर निर्वाचित हुनुभएको छ । उपप्रमुखकी प्रत्यासी पुष्पा श्रेष्ठले १७ हजार ६ सय ३ मत पाउनुभयो ।

दाङकै तुलसीपुर उपमहानगरपालिकामा पनि एमाले अगाडि छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.