रुपन्देही– सैनामैनामा एमालेको जीत,बुटवलमा पनि अग्रता

बुटवल । असार १९ ।रुपन्देहीको सैनामैना नगरपालिकामा एमालेले जितेको छ । प्रमुख र उपप्रमुख सहित सहित सैनामैनाका ९ वटा वडामा एमालेले जित हासिल गरेको हो । यो रुपन्देहीको नगरतर्फको पहिलो नतिजा हो ।

एमालेका केसीले १३ हजार ३६ मत प्राप्त गरी काँग्रेसका फणिन्द्र शर्मालाइ हराउनुभएको हो । फणिन्द्र शर्माले १० हजार ३ सय ५ मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा एमालेकै बिना राना १२ हजार ९ सय ६१ मत ल्याएर विजयी हुनुभयो ।
उहाँका प्रतिष्प्रर्धि कांग्रेसकी लक्ष्मी चौधरीले ९ हजार ७ सय ९ मत पाउनुभयो । सैनामैनामा कांग्रेसले वडा न ११ र वडा नम्बर ४ मा मात्रै जित्न सफल भयो ।

उता मुख्य चासोका साथ हेरिएको बुटवल उपमहानगरपालिकामा पनि एमाले अगाडी छ । ११ नम्वर वडाको मत गनिरहँदा प्रमुखमा एमालेका शिव सुवेदीले १४७५९ मत पाउनुभएको छ भने कांग्रेसका खेलराज पाण्डेले १२५०६ मत पाउनुभएको छ । उपप्रमुखमा एमालेकी गोमा आचार्यले १६१४९ मत पाउनुभएको छ ।

उपप्रमुखमा गठबन्धनका जगत पोखरेलले ८८३० मत पाउनुभएको छ । बुटवल उपमहानरका वडा न १ महेन्द्र लिगल वडा २ रमेश नेपाल वडा न ३ लालप्रसाद बस्याल वडा न ४ टंक पराजुली वडान ५ तेजप्रसाद सेन्चुरी वडा ६ जगदीश आचार्य वडा न ७ कमलप्रसाद थापा वडा न ८ भिमबहादुर श्रेष्ठ वडा न ९ बिष्णु बा.थापा वडा न १० पदम थापा सवै एमालेका उम्मेदवारले जित हासिल गरेका छन ।

उता तिलोत्तमा नगरपालिमामा पनि एमाले अगाडी छ । तिलोत्तमाको पनि ११ वडाको मत गणना सकिंदा प्रमुखमा एमालेका वासुदेव घिमिरेले १८६४३ र काँग्रेस गठबन्धनका रामकृष्ण खाणले १५५७० मत ल्याउनुभएको छ ।

रुपन्देहीमा ३ गाउँपालिका नयाँ शक्ति–संघीय समाजवादी फोरम गठबन्धनले मर्चवारी, गैडहवा र रोहिणी गाउँपालिका जितेको छ। शुद्धोधन र कञ्चन दुई गाउँपालिकामा एमालेले जितेको छ। कांग्रेसले मायादेवी र माओवादी केन्द्रले ओमसतिया गरि एक –एक तहमा जित हात पारेका छन्।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.