३५ मध्ये २० जिल्लाको परिणाम आयो, विराटनगर महानगरमा सवैभन्दा सुस्त गणना

बुटवल । असार १९ । स्थानीय तहको दोश्रो चरणको निर्वाचन भएका ३५ जिल्लाका ३३४ तह मध्ये २० जिल्लाका सवै नतिजा आएको छ ।

प्रदेश नम्वर १ का १४ जिल्ला मध्ये ६ जिल्लाको नतिजा आउँदा धनकुटाका सात वटै तहमा एमालेले जितेको छ । धनकुटामा एमाले बाहेक कुनै दलले एक गाउँपालिका पनि जित्न सकेनन । यस्तै पाँच नम्वर प्रदेशको रुकुममा भने माओवादी केन्द्रले पुरै जित हात पारेको छ ।

पाँच नम्वर प्रदेशका १२ जिल्ला मध्ये पाँच जिल्लाको मतपरिणाम आइसकेको छ । त्यसमध्ये नवलपरासीका सात स्थानीय तह मध्ये ३ नेका, २ एमाले, १ माओकेन्द्र, र १ फोरम लोकतान्त्रिकले जित हात पारेका छन ।

गुल्मीका १२ तह मध्ये एमालेले ७, काँग्रेसले ४ र माओवादी केन्द्रले १ तहमा निर्वाचन जितेका छन भने पाल्पाका १० तह मध्ये ६ एमाले र ४ तहमा काँग्रेसले जितेको छ ।

यस्तै अर्घाखाँचीका ६ तहमध्ये ४ वटामा काँग्रेस,१ एमाले र १ तहमा माओवादी केन्द्रले जितेका छन भने रोल्पाका १० तह मध्ये ७ माओवादी केन्द्र,२ एमाले र १ तहमा काँग्रेस विजयी भएका छन ।

उता १ नम्वरको संखुवासभाका १० तह मध्ये काँग्रेसले ५ र एमालेले ५तह जितेका छन ।भने ९ स्थानीय तह रहेको भोजपुरमा ४ वटामा एमाले,४ काँग्रेस र १ मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन ।

यस्तै तेह्रथुमका ६ मध्ये ५ तहमा एमाले र १ तहमा काँग्रेस विजयी भएको छ भने खोटाङका १० तह मध्ये ५ वटामा एमाले, ४ वटामा काँग्रेस र १ मा माओवादी केन्द्रले जितेको छ ।

यसैगरि ८ वटा स्थानीय तह रहेको सोलुखुम्वुमा ४ वटामा एमाले, ३ वटामा माओवादी केन्द्र र एउटा काँग्रेसले जितेको छ ।
यसैगरी प्रदेश नम्वर ७ का नौ जिल्ला मध्ये कैलाली र कंचनपुरका केही तह बाहेक अन्य सवै जिल्लाको अन्तिम परिणाम आइसकेको छ ।

बाजुराका चार नगर सहित ९ तह मध्ये ६ तहमा नेपाली काँग्रेस र ३ वटामा एमालेका उम्मेदवार विजयी भएका छन ।
बझाङका २ नगर सहित १२ तहमध्ये एमालेले ८ र काँग्रेसले ४ वटा तहमा निर्वाचन जितेका छन ।
डोटीका २ नगरसहित ९ स्थानीय तह मध्ये एमालेले ५, काँग्रेसले ३ र माओवादी केन्द्रले एक तहमा जितेका छन ।
अछामका ४ नगर र ६ गाउँपालिका मध्ये काँग्रेसले ५, एमालेले ३ र माओवादी केन्द्रले २ तह जितेका छन ।

दार्चुलाका ९ तह मध्ये काँग्रेसले ५, एमालेले ३ र माओवादी केन्द्रले १ तह मा जित हासिल गरेका छन ।
बैतडीका १० तह मध्ये ६ वटा तहमा काँग्रेस, ३ वटा तहमा एमाले र १ तहमा माओवादी केन्द्र विजयी भएको छ ।डडेलधुराका ७ तह मध्ये काँग्रेस ४,एमाले २ र माओवादी केन्द्र १ तहमा विजयी भएको छ ।

झापा,मोरङ,सुनसरी,रुपन्देही,कपिलबस्तु, दाङ र बाँके लगायतका जिल्लामा भने मतगणना सुस्त छ । विराटनगर महानगरको गणना दोश्रो चरणको निर्वाचनका अन्य तह मध्ये सवैभन्दा सुस्त छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.