रुपन्देहीको देवदह नगरपालिकामा काँग्रेसको जित

बुटवल । असार २० । रुपन्देहीको देवदहमा नगरपालिकामा काँग्रेसका युवा नेता हिरा केसी विजयी हुनुभएको छ । केसीले १० हजार १७६ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार टीकाराम चापागाईंले १० हजार ६२ मत मात्र प्राप्त गर्नुभयो ।

उपप्रमुख पदमा भने एमालेकी विद्यालक्ष्मी गुरुङ विजयी हुनुभएको छ । उहाँले १० हजार २११ प्राप्त गर्नुभयो । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी टीका न्यौपानेले ७ हजार ६६ मत प्राप्त गर्नुभयो । देवदहका नौवटा वडामा भने एमालेले जितेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.