बुटवल । असार २० । नेपाली काँग्रेसले प्रष्तिष्ठाको नगर बनाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेका बासुदेव घिमिरेले गठबन्धन सहितको कांग्रेसका उम्मेदवार रामकृष्ण खांणलाई पराजित गर्दै प्रमुख पदमा विजयी हुनुभएको छ ।
बासुदेव घिमिरेले १९ हजार ८४ मत पाउँदा निकटम प्रतिद्वन्द्वी खाणले १६ हजार २सय ६४ मत पाउनुभयो । रामकृष्ण खाँण काँग्रेस नेता बालकृष्ण खाँणका भाइ हुन । यो काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणको जितेको निर्वाचन क्षेत्र हो ।
उपप्रमुखमा पनि एमालेकी जागेश्वरी चौधरी १९ हजार २ सय २४ मत सहित बिजयी हुनुभयो । निकटतम प्रतिदन्दी रुखबाट चुनाव लडेकी जनमुक्ति पार्टीकी गीता सारुले १६ हजार ६ मत प्राप्त गर्नुभयो ।
१७ वटा वडा रहेको तिलोत्तमामा १३ वटा वडामा एमाले र ४ वटामा काग्रेसले जितेको छ । काँग्रेस नेता बालकृष्ण खाँडको वडामा एमालेले चुनाव जितेको छ । तर एमाले उपमहासचिव घनश्याम भुसालको वडामा भने काँग्रेसले जित हात पारेको छ ।
यसैबीच बुटवल उपमहानगरमा मतगणना जारी छ । त्यहाँ एमाले झण्डै २ हजारले अघि छ ।