बुटवल । असार २१ । रुपन्देहीको सामरिक महत्वको तिलोत्तमा नगरपालिकामा विजयी बनेको नेकपा एमालेले बुधवार विजय जुलुस निकालेको छ ।
कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांण र एमाले उपमहासचिब घनश्याम भुसालको गृहनगर तिलोत्तमा नगरपालिकामा एमालेबाट प्रमुखका उम्मेदवार वासुदेव घिमिरेले १९ हजार ०८४ मत ल्याएर बिजयी हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सचिब समेत रहेका रामकृष्ण खांणले १६ हजार २ सय ६४ मत ल्याउनुभयो । उहाँ काँग्रेस नेता बालकृष्ण खाँणका भाइ हुनुहुन्छ ।
तिलोत्तमामा उपप्रमुखमा पनि एमालेकी जागेश्वरी चौधरीले १९ हजार २ हजार २४ मत बिजयी हुनभएको छ ।
उता भैरहवामा पनि एमाले नै जित नजिक पुगेको छ । सिद्दार्थनगर नगरपालिकामा एमाले उम्मेदवार हरि अधिकारी जित नजिकै पुग्नुभएको हो ।
जिल्लाका प्रमुख क्षेत्रमा चुनाव जितेपछि एमाले अध्यक्ष केपी ओली बिहिवार रुपन्देही आउँदै हुनुहुन्छ ।