बुटवलमा एमाले विजयी

बुटवल । असार २१ । नेपालकै प्रमुख नाका र बिकसित क्षेत्र बन्दै गएको रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेको विजय सुनिश्चित भएको छ ।

कुल खसेको मत ४९ हजार ८९५ मत मध्ये ४७ हजार ९५७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार शिवराज सुवेदीले २२ हजार ४८४ मत पाउनुभएको छ ।

यस्तै काँग्रेस र माओवादी गठनबन्धका उम्मेदवार खेलराज पाण्डेले १९ हजार ९४१ मत पाउनुभएको छ । अव गन्न बाँकी १९३५ मत भन्दा एमाले उम्मेदवार सुवेदीको मत धेरै भैसकेको छ । बाँकी सवै मत गठबन्धनले पाएपनि एमालेले जितिसकेको छ ।

यस्तै उपप्रमुखमा पनि एमालेकी गोमा आचार्यको जीत सुनिश्चित छ । उहाँले २४ हजार ५१६ मत ल्याउँदा गठबन्धनका जगत पोखरेलको मत दशहजार भन्दा कम अर्थात १४ हजार १२५ छ ।

१९ वडा रहेको बुटवलका १३ र १८ वडा नम्बर बाहेक सबै वडा एमालेले जितेको छ । १९ नम्वरमा गणना जारी छ । एमालेलाइ हराउन काग्रेस र माओवादी केन्द्रले गठबन्धन बनाए पनि अन्तत त्यो असफल सावित भयो ।
बुटवलमा एमाले र काँग्रेसले स्थानीय निर्वाचनलाइ प्रतिष्ठाको विषय बनाएका थिए ।

काग्रेस नेता वालकृष्ण खाँण र एमाले नेता विष्णु प्रसाद पौडेलले बुटवलाइ बिशेष चासोका साथ चुनावी केन्द्र बनाएका थिए । बुटवल एमाले उपमहासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र समेत हो ।

एमालेको किल्ला तोड्न काँग्रेस र माओवादीले हरसम्भव प्रयास गरेपनि अन्तत सफल भने हुन सकेनन । गठबन्धन काँग्रेसका लागि त झन प्रत्युत्पादक बन्यो । गठ भनिएका वडामा समेत उसले चुनाव हार्न पुग्यो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.