अथाह क्षमताका धनी घनश्याम भए तुल्सीपुरका मेयर

बुटवल । असार २२ । स्थानीय तह निर्वाचनमा मुलुकको सवैभन्दा भाग्यमानी तह दाङको तुल्सिपुर उपमहानगरपालिका भएको छ भन्दा फरक पर्दैन । दोश्रो चरणको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि मध्येका सवैभन्दा योग्य र अव्बल ब्यक्तिका रुपमा तुल्सिपुर उपमहानरपालिकाको प्रमुखमा युवा नेता घनश्याम पाण्डे निर्वाचित भएका छन ।

पाण्डेले २२ हजार ८ सय ५७ मत ल्याएर विजयी भएका हुन । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरेका छन् ।

दुरगामी भिजन भएका युवा नेता पाण्डेले ३ हजार ९ सय ५४ मत अन्तरले विजयी भए ।
काम कति गर्लान त्यो भविश्यले बताउने छ । तर साच्चै इमान्दार भएर काम गरे भने घनश्याम पाण्डेसँग क्षमता, योग्यता र अनुभवमा कुनै कमी छैन । तुल्सिपुर नगरपालिका छदाँ २० बर्ष अघि नेपालकै कान्छो उपप्रमुख बनेर २४ वर्षको कलिलो उमेरमा जनप्रतिनिधिका रुपमा काम गरेका पाण्डेले अव पाँच बर्षसम्म तुल्सिपुर उपमहानगरको नेतृत्व गर्नेछन ।

पाण्डे यस्ता पात्र हुन की उनले जहाँ नेतृत्व लिन्छन त्यहाँ आफु मात्रै सफल हुन्नन संस्थालाइ नै सफल बनाउँछन । पाण्डेले सामुदायिक बन उपभोक्ता महासंघको नेतृत्व गरेर नेपालमा मात्र हैन विश्वमै यसको पहिचान स्थापित गरेका छन ।

हाल उनी विश्व वन संजालको संयोजक भइ विश्वभर सामुदायिक वन विज्ञका रुपमा काम गर्दै आएका छन ।

उनले बनाउने अधिकांश योजना असफल हुन्नन । युवा उद्ममशिलताको योजनादेखि जनताको वन अभियान हुँदै कृषि र सहकारीकरणको योजनामा पनि उनी अव्बल छन ।

प्राकृतिक श्रोतको प्रयोग र पहुँचमार्फत जनतालाई धनि बनाउन सकिन्छ भन्ने अभियानमा निरन्तर काम गर्दै आएका पाण्डेले अव तुल्सिपुरको विकासमा काम गर्ने बताए ।

सवैलाइ हासिहासि आफ्ना एजेण्डामा ल्याउने खुवीले नै उनलाइ हरेक चुनौतीहरुको सामना गर्न सघाउने गरेको छ।

पाण्डे संसारका धेरै देश पुगेका छन । त्यहाको विकास र सम्वृद्धि देखेका छन । त्यति मात्रै हैन दाङबाट पाल्पा अनि फेरि दाङ त्यसपछि काठमाडौ आएर देशका अधिकांश जिल्ला पुगेर काम गरेका पाण्डेसँग देश बनाउन सक्ने खुवी छ ।

पाण्डेले पाँच वर्षभित्र तुलसीपूरलाई विकास, सम्बृद्धि र वातावरणीय दृष्टिकोणले नमूना नगर बनाउने बताएका छन । उनी अव कसरी र कति काम गर्छन त्यो भविश्यमा देखिनेछ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.