कहिले होला सरकार विस्तार ?

काठमाडौ । असार २३ । सरकार गठन भएको एक महिना वित्न लाग्दा समेत मन्त्रिमण्डल बिस्तार गर्न नसकेकोमा आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनमा नयाँ मन्त्रिहरु मनोनित गर्ने तयारी गरिरहनुभएको छ ।

तर बाहिर नदेखिएपनि मन्त्रालय बारे काँग्रेस र माओवादीबीच विवादले पनि ढिलाइ भैरहेको छ । सरकार गठन गर्दा कांग्रेसले १२ र माओवादीले नौ मन्त्रालय लिने सहमति भएको तर अन्य दललाइ समेत सरकारमा ल्याउँदा त्यो सख्या घट्ने भएपछि कुरा मिल्न नसकेको माओवादीका एक नेताले बताए ।

त्यसो त प्रधानमन्त्री देउवालाइ आफ्नै पार्टी काँग्रेसमा विभिन्न गुट उपगुटलाइ भागवण्डा मिलाउन समेत हम्मेहम्मे परिरहेका बेला सत्ता साझेदार माओवादी केन्द्रले भने छिटो मन्त्रिपरिषद् विस्तार गर्न दवाव दिएको छ ।

प्रधानमन्त्री देउवालाइ काँग्रेस भित्रकै रामचन्द्र पौडेल पक्ष,कृष्ण सिटौला पक्ष र खुमबहादुर खड्का पक्षलाइ कति र कुन मन्त्रालय दिने भन्ने तय गर्न समेत कठिन भएको छ ।

त्यसैले प्रधानमन्त्री देउवाका सहयोगीहरुले स्थानीय चुनावका कारण र अन्य दललाइ समेत सरकारमा ल्याउन प्रयास भैरहेकोले केही ढिला भएको बताउने गरेका छन ।

माओवादीका सरकारमा नेतृत्व गर्नुभएका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मन्त्रालयबारे सत्तासाझेदार दलहरुबीच कुनै विवाद नरहेको अव केही दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने बताउनु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.