अझै सुल्झेन भरपुर प्रकरण

काठमाडौ । असार २३ । भरतपुर काण्ड भन्ने वित्तिकै अहिले मतपत्र च्यात्ने वदनीयतपुर्ण प्रकरण भन्ने बुझिहालिन्छ ।

गत बैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनको मतगणना भैरहँदा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको विषय अहिले सर्वोच्च अदालतमा छ । मतगणनाकै क्रममा जेठ १४ गते माओवादी प्रतिनिधिले भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातेका थिए ।

मतपत्र च्यातेपछि विवादमा आएको भरतपुर प्रकरणमा माथि सर्वोच्च अदालतमा परेको रिटको अन्तिम सुनुवाइ शुक्रवार पनि हुन सकेन । न्यायाधीशहरु मीरा खड्का र अनिल सिन्हाको संयुक्त इजलासले समय अभाव भएको भन्दै सोमबार पूर्ण सुनुवाइ गर्ने गरी सार्ने निर्णय गरेको छ ।

अव दोश्रो चरणको निर्वाचनको मतगणना नसकिदासम्म भरतपुरबारे टुगो लाग्ने देखिन्न । यसअघि, कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुरमा च्यातिएका मतपत्र झिकाउने आदेश दिएको थियो ।
यस्तै मतदान स्थगित गर्ने जिल्ला निर्वाचन कार्यालयको निर्णय र पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय लगायतका भरतपुर महानगरको निर्वाचनसम्बन्धी सबै कागजात झिकाउन आदेश सर्वोच्चले दिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.