राजपा निर्वाचन आयोगमा दर्ता भयो

काठमाडौ । असार २३ । मधेश केन्द्रित ६ वटा दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले शुक्रवार निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

पार्टी विधानको प्रस्तावनामै गजेन्द्रनारायण सिंह लगायतका केही नेताहरुको नाम राख्ने विषयमा विवाद हुँदा रोकिएको प्रकृया, विधानको सट्टा चुनावी घोषणापत्रमा यी नेताहरुको नाम राख्ने सहमतिमा पुगेर टुगिंएपछि राजपाले दल दर्ता गरेको हो ।

स्थानीय तह चुनावका दुई वटै चरणमा भाग नलिएको राजपाले आफु पाखा पर्दै गएको बुझेर आयोगमा दल दर्ता गरि अवको निर्वाचनमा जाने तयारी थालेको हो । दल दर्ता गरेसँगै अव असोज २ गते २ नम्वर प्रदेशमा हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा भाग लिन राजपा नेपाललाई बाटो खुलेको छ ।

राजपाका अध्यक्ष महन्थ ठाकुर र अध्यक्ष मण्डलका अन्य सदस्यसहितको टोली शुक्रवार निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएका हुन् ।

तर अहिलेकै अवस्थामा चुनावमा भाग लिने विषयमा कुनै निर्णय नभएको र सरकारले आफ्ना माग पूरा गरे मात्रै स्थानीय चुनावमा भाग लिने राजपाका अध्यक्ष महन्थ ठाकुर बताए ।
गत वैशाखमा ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी गठन भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.