उपत्यका बाहिरबाट प्रवेश गर्ने सवारीलाई रिङरोडबाहिरै राख्ने तयारी

काठमाडौ । असार २५ । सरकारले अस्तब्यस्त राजधानीलाइ आधुनिक र ट्राफिक ब्यवस्थापन सहज बनाउन जथाभावी सडक खन्ने र पुर्ने जस्ता काम गर्न नदिने र उपत्यका बाहिरबाट प्रवेश गर्ने सवारी साधनलाई रिङरोडबाहिरै राख्ने तयारी गरेको छ ।

त्यसका लागि मन्त्रालयहरुले समन्वय गरेर अघि बढ्ने र प्रधानमन्त्रीसँग पनि सल्लाह गरेर काम गर्ने तयारी भैरहेको मन्त्रीहरुले बताएका छन । संसदमा आइतवार भएको बजेटमाथिको छलफलमा मन्त्रीहरुले यस्तो बताएका हुन । गृहमन्त्री जनार्दन शर्माले जथाभावी सडक खन्ने रोक्न र बाहिरबाट उपत्यका छिर्ने सवारीलाइ रिङरोडभित्र प्रवेशमा रोक लगाउने तयारी भैरहेको जानकारी दिनुभयो ।

उहाँले प्रस्तावित बजेटबाट विपद् व्यवस्थापनलाइ संघीय स्वरुपमा लैजाने, स्थानीय तहमा खुला स्थानको व्यवस्थापन, स्थानीय जनशक्तिलाई तालिम दिईने पनि बताउनुभयो । कारागारहरुको भौतिक पुर्वाधार निर्माण र गरी कैदीवन्दीलाई श्रमसंग जोड्न सकिन्छ कि भनेर हेर्ने प्रयास भइरहेको पनि उहाले बताउनुभयो ।

सुरक्षा निकायलाई आधुनिकिकरण गरिने भन्दै उहाले प्रहरी संगठनहरुको संघीय संरचना आवश्यक भएको उल्लेख गर्नुभयो ।

शहरी विकास मन्त्री प्रभु शाहले काठमाडौ उपत्यकालाई आधुनिकरण गरिने र स्मार्ट तथा मेघा सिटीका रुपमा विकास गरिने बताउनुभयो ।
सांसदहरुले भने राजधानीमा जाम बढेको तथा भारतका कारण तराइमा डुवानको समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.