सिमामा ८९ शसस्त्रको पोष्ट स्थापना,नौ हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन

काठमाडौ । असार २५ ।सरकारले नेपाल भारत सिमा क्षेत्रमा जीर्ण बनेका सिमा स्तम्भहरुको मर्मत सम्भारको काम भैरहेको जनाएको ।

संसदमा सांसदका प्रश्नको जवाफ दिदै गृहमन्त्री जनार्दन शर्माले नेपाल र भारतबीचको सीमा स्तम्भ मर्मत संभारको काम भैरहेको जानकारी दिनुभयो ।

अभिलेख अद्यावधिक गर्ने काममा दुई देशको संयुक्त टोलीले तीन वर्षदेख काम गरिरहेको जानकारी दिदै उहाले सिमा स्तम्भका जोर नम्बर भारतले र विजोर नेपालले मर्मत गर्ने कार्य भइरहेको पनि जानकारी दिनुभयो ।

सिमा क्षेत्रका ८९ स्थानमा शसस्त्रको पोष्ट स्थापना गरि नौ हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.