मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री,राप्रपा सरकारमा जाने

काठमाडौ । असार २५ ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तासाझेदारका साथै समर्थित दलहरुसँग छलफल गर्नुभएको छ ।

सरकार गठन भएको एक महिनापछि प्रधानमन्त्रीले सरकार विस्तारको तयारी गर्नुभएको हो । तर अझै केही दिन लाग्ने श्रोतले बताएको छ ।

सरकार विस्तारकै लागि प्रधानमन्त्री देउवाले आइतवार सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ ।

यसैबीच आइतवार नै बसेको राप्रपाको संसदीय दलको बैठकले सम्मानपूर्वक सरकारमा सहभागी हुने निर्णय गरेको उपाध्यक्ष दिपक वोहोराले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.