डुबानको कारण भैरहवामा उच्च सतर्कता

भैरहवा, असार २६ । विगत २४ घन्टादेखी परेको अविरल बर्षाको कारण सिद्धार्थनगरका अधिकांश ठाऊ जलमग्न भएका छन् ।

नगरको धेरै ठाउ डुबानग्रस्त भएपछि सिनपाका मेयर हरिप्रसाद अधिकारी, उपमेयर उमा काफ्ले सहितको समुह भ्याकुम र स्काभेटर लिएर नगरको डुबानग्रस्त क्षेत्रको अवलोकनमा पुगेका छन् ।

अबिरल वर्षातले जनजिवन प्रभावित भएपछि हरेक वाडका वडा अध्यक्ष एवं सदस्यहरु सहित नगरपालिकाका कर्मचारहीहरु पनि सोमबार विहानैदेखी डुबानग्रस्त क्षेत्रमा खटिएको उपमेयर उमा काफ्ले जनाइन् ।

तत्काल डुबान निकासकोलागी थुनिएका ठाउहरु खोल्नेगरी भ्याकु र स्काभेटर मार्फत काम गरिरहेको काफ्लेले जनाइन् । उनले भनिन “हामी विहानैदेखी दौडधुप गरिरहेका छौं । तर पनि कतिपय ठाउ अझै जलमग्न छन् । म मिडीया मार्फत भन्न चाहन्छु की कुनै पनि टोल छिमेकमा धेरै डुबान छ भने तत्काल आफ्नो वार्डको वडा अध्यक्ष तथा सदस्यहरुलाई भन्नुहोस् । उहांहरुले तत्काल राहत दिनेगरी डुबान खोल्न सहयोग गर्नुहुनेछ । ”

नगरमा यतिबेला हाइअलर्ट जारी भएकोछ । जसका कारण सबै कर्मचारी तथा जनप्रतिनिधीहरु आवश्यक्ता अनुसार हिड्नेगरी तयारी अवस्थामा बसेका छन् ।

सिद्धार्थनगरमा ढल निकास नहुदां वर्षेनी जनताले यस्तो सास्ती खेप्दै आएका छन् ।
मेयर अधिकारीले जनतालाई तत्काल राहत दिनेगरी काममा खटिन निर्देशन समेत दिएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.