एमाले र राजपाका नेताहरुको गोप्य छलफल

काठमाडौ । असार २६ । राजनीतिक मुद्दामा एकअर्कालाइ देखि नसहने प्रमुख विपक्षी एमाले र सरकारलाइ समर्थन गर्दै आएको राजपा नेपालका नेताहरु संविधान संशोधनका बिषयमा गोप्य छलफलमा जुटेका छन ।

सरकारले संविधान संशोधन प्रस्ताव एकसातामा अगाडि बढाउने बताइरहेका बेला पुर्वसभामुख दमननाथ ढुंगानाहरुको पहलमा एमाले र राजपा नेपालका नेताहरुबीच राजधानीको एक रिसोर्टमा गोप्य र अनौपचारिक छलफल भएको हो ।

छलफलमा एमाले नेताहरु उपमहासचिव घनश्याम भुसाल तथा सांसद एव युवा नेताहरु रवीन्द्र अधिकारी र राजन भट्टराई तथा राजपाबाट नेता लक्ष्मणलाल कर्ण, मनिष सुमन, जितेन्द्र सोनल सहभागी थिए ।

छलफलमा एमाले नेताहरुले आफूहरुसँग कुनै छलफल नै नगरी सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै त्यसलाइ फिर्ता लिने प्रकृयामा सहमत हुन र २ नम्वर प्रदेशको स्थानीय निर्वाचन पछि सहमतिमा नयाँ प्रस्ताव ल्याएर पारित हुने गरी अघि बढ्न प्रस्ताव गरेका थिए।

तर राजपा नेपालका नेताहरुले भने अहिलेकै संशोधन विधेयक पारित गर्न सघाउन एमालेलाइ आग्रह गरेका थिए । राजपाका नेताहरुले दुइ पक्षीय भेटलाइ ब्यक्तिगत भनेका छन ।

उता माओवादी नेता तथा उपप्रधान मन्त्री कृष्णबहादुर महराले संविधान संशोधनको प्रक्रिया एकदुइ दिनमै सुरु हुने बताउनुभएको छ ।

चीतवनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महराले संविधान संशोधन गरेपछि मात्र तेश्रो चरणको चुनाव हुने र मन्त्रीमण्डल पनि संबिधान संशोधन प्रस्ताव पास भएपछि मात्रै विस्तार हुने बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.