वातावरण दिवसको अवसरमा चित्रकला प्रतियोगिता

भैरहवा, २७ असार । विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले सोमबार रुपन्देहीको केरवानी स्थित गौतमबुद्ध माध्यमिक विद्यालयमा चित्रकला प्रतियोगिताको सम्पन्न गरेको छ ।

प्रतियोगितामा शुसिल गडतौला प्रथम, आशिष कनौजे द्धितीय, प्रमिला थापा तृतीय र प्रदीप थारुले सान्त्वना स्थान हासिल गरेको क्लबका लिटरेसी चेयर रो. केशव शर्मा बेलबासेले बताए ।

रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरकी अध्यक्ष श्रीमती सावित्री गुरुङको अध्यक्षता, विद्यालयका प्राचार्य श्री दान बहादुर पुनको प्रमुख आतिथ्यता, सह–प्राचार्य श्रीमती गीता भण्डारी, युसिएमएसकी मेडिकल सुपरिटेण्डेण्ट डा. लक्ष्मी पाठक, क्लबका उपाध्यक्ष रो.प्रकाश पोखरेल, सदस्य रो.लक्ष्मी रेग्मी, कार्यक्रम संयोजक रो.विष्णु थापा लगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव रो.ओम जैसीले गरेका थिए ।
उक्त कार्यक्रममा ५५ जनाको उपस्थिीति रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.