सिसापको आयोजनामा भैरहवामा भानु विशेष कार्यक्रम हुने

भैरहवा, असार २८ । आदिकवि भानुभक्त आचार्यको २०४ औं जयन्तीको तयारी भैरहवामा पुरा भएको छ ।
हरेक वर्ष भानु जयन्ती विशेष रुपले मनाउदैं आएको यस क्षेत्रकै जेठो साहित्यीक संस्था सिद्धार्थ साहित्य परिषदले असार २९ गतेलाई विशेष दिनका रुपमा मनाउनेगरी तयारी थालेको हो ।
परिषदका अध्यक्ष डिल्लीराज भट्टराइले भने “राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा साहित्यको लागी मात्रै होइन मुलुककै विकासकोलागी पुराएको योगदान स्मरणीय छ । उहांको सृजना जिवन्त छन् । सिद्धार्थ साहित्य परिषदले हरेक वर्ष जस्तै यस वर्ष पनि भानु जयन्तीलाई विशेष रुपले मनाउने गरी थालेको तयारी पुरा भएको छ । ”
परिषदले भानु जयन्तीलाइ भब्य रुपमा सफल पार्नेगरी तयारी थाल्नकोलागी परिषदको सहसचिव लक्ष्मी शर्मालाई कार्यक्रम संयोजक तोकेको थियो । परिषदका सचिव नरेश के.सी.को अनुसार विहीबार विहान ७ बजे देवकोटा चोंकमा भेला भई भानु मावि गोलिगढ र मुनलाइट स्कुलमा रहेको भानुको प्रतिमामा माल्यापर्ण गर्ने र दिउसों लुम्बिनी निर्माण व्यवसायी संघको सभाहलमा विशेष कार्यक्रम गरिनेछ । दिउंसोको कार्यक्रममा भानुको जीवनी व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्ने, स्रष्टा सम्मान, कृति विमोचन तथा रचनाबाचन सहितको कार्यक्रम हुने भएकोले सम्पुर्ण साहित्यकार, साह्त्यिअनुरागी तथा नागरिकहरुलाई कार्यक्रममा उपस्थितिकोलागी परिषदले आमन्त्रण समेत गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.