भानु जयन्ती– कतै प्रवचन र समिक्षा,कतै सम्मान

भैरहवा, असार २८ । आदिकवि भानुभक्त आचार्यको २०४ औं जयन्ती देश तथा विदेशमा समेत विभिन्न कार्यक्रम सहित मनाइएको छ । भानु जयन्ती काठमाडौं, तनहुा र भैरहवामा पनि भब्य रुपमा मनाइएको छ ।

सिद्धार्थ साहित्य परिषदको आयोजनामा भैरहवामा विहीबार भानु विशेष कार्यक्रम सम्पन्न भयो । विहान भानु मावि र मुनलाईट स्कुलमा रहेको भानुको प्रतिमा माल्यापर्ण गरि मनाइएको कार्यक्रम दिउसो भैरहवामा विशेष प्रवचन, स्रष्टा सम्मान तथा कृति विमोचन गरी सम्पन्न भएको छ ।

सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराइको सभापतित्व तथा प्रा.डा कपिलदेव लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न स्रष्टालाई सम्मान समेत गरिएको थियो ।

परिषदका सचिव नरेश के.सी.को सन्चालन, कार्यक्रम संयोजक लक्ष्मी शर्माको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी प्रा.डा. लामिछाने, प्राज्ञ बुंद राना, प्रा. हुमाकान्त पाण्डे, बालकृष्ण भट्टराइ, प्रलेस रुपन्देही अध्यक्ष देवेन्द्र घिमिरे, छन्दबादी समाजका संरक्षक कविराज पौडेल, सिसासका अध्यक्ष सुवास रिजाल, बनमालि निराकार, जंगबहादुर शाह, प्रा.डा हिरष्य ज्ञवाली, डिल्लीराज अर्याल, ज्ञानदेव हटुवाल, सामुहिक विद्यालय परिवारका अध्यक्ष प्रेम नारायण पौडेल लगायतले मन्तब्य राख्दै भानुको बारेमा चर्चा गरेका थिए ।

कवियत्री कविता रिजालले रामयण पाठ गरेको उक्त कार्यक्रममा पवित्रा कोइरालाले भानुको जिवनी र व्यक्तित्व तथा कृतित्वमाथी प्रकाश पारेकी थिइन् ।

स्रष्टा सम्मान तथा कृति विमोचन
यसैबीच सिद्धार्थ साहित्य पुरस्कार २०७४ बाट प्रा.डा हिरण्य ज्ञवाली, टेक बहादुर पन्थि स्मृति साहित्य पुरस्कार २०७४ बाटआख्यानकार जंगबहादुर शाह, विष्णुमाया हटुवाल स्मृति साहित्य पुरस्कारबाट छन्दकवि डिल्लीराज भट्टराइ र प्रभा भट्टराइ, सकला सिद्धार्थ वांगमय पुरस्कारबाट आर बी निश्चललाई सम्मान गरिएको थियो ।

यसैगरी सोही अवसरमा योगगुरु पुनाराम गिरी, छन्दकवि कविराज पौडेल, पत्रकार विष्णु वोहरा, शिक्षासेवी गोकुल पोखरेल, साहित्यकार लक्ष्मीप्रसाद अधिकारी, कवि उमेश थापा लाटोमगर, साहित्यकार गंगा अभिलाषी र साहित्यकार सीता काफ्लेलाई सिद्धार्थ साहित्य सम्मान प्रदान गरिएको थियो ।

सोही अवसरमा डिबी पुन, खगेन्द्र बस्याल र हृदय लेकालीले संयुक्त रुपमा रचना गरी प्रकाशन गरेको खडेरीका फुलहरु हाइकु संग्रह विमोचन समेत भएका थियो । सो कृतिको प्रा.डा कपिल लामिछानेले समीक्षा गरेका थिए । सीता पुन, रेनुका बस्याल र सरस्वती बस्नेत प्रकाशक भएको उक्त कृतिका कृतिकारले आ आफ्ना रचना सुनाएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.