जनताको सेवक बनेर काम गर्ने प्रतिवद्दता

तिलोत्तमा/बुटवल, १ साउन । तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले जनताको सेवक बनेर काम गरेर देखाउने प्रतिवद्वता जनाएका छन् । चुनावको बेला भोट माग्दाका विकासका नारालाई काम गरेर व्यवहारमा देखाउने उनीहरुको भनाई छ । तिलोत्तमा ४ डिङ्गरनगरस्थित श्रृागेश्वर धाम व्यवस्थापन समिति र गुल्मेली सम्पर्क समाज रुपन्देहीले आयोजना गरेको शुभकामना कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख र उपप्रमुखले नगरवासीको आंकाक्षालाई सम्बोधनगर्ने प्रतिबद्धता जनाएका हुन् ।

सोही कार्यक्रममा बोल्दै नगर प्रमुख वासुदेव घिमिरेले तिलोत्तमाको विकासमा दलगत स्वार्थ भन्दा माथि उठेर कामगर्ने बताउनुभयो । उहांले नगरमा रहेका सार्वजनिक जग्गालाई एकीकृत गरेर संरक्षणगर्ने बताउंदै सुकुम्वासी समस्यालाई उचित ढंगले व्यवस्थापनगर्ने बताउनुभयो । उहांलेसंविधानले दिएको अधिकार भित्र रहेर इमान्दारिता पूर्वक तिलोत्तमा नगरको शिक्षा, स्वास्थ्य, सडक, औद्योगिक, खेलकुद र धार्मिक लगायतका क्षेत्रको विकास निर्माणका कामलाई अगाडी बढाउने बताउनुभयो । नगरवासीको आस्थाको केन्द्र श्रृागेश्वर मन्दिरको भौतिक विकासमा सहयोग पुराउनेसमेत प्रतिवद्वता जनाउनुभयो । नगरपालिका १७ वटै वडाका सबै सडकहरुको तत्काल मर्मत तथा ग्रावेलगर्ने बताउनुभयो ।

कार्यक्रम उप प्रमुख जागेश्वरी चौधरीले तिलोत्तमाको विकासका लागि २४ सै घण्टा जनताको सेवक भएर कामगर्ने प्रतिवद्वता जनाउनुभयो । दिर्घकालिन योजना बनाएर तिलोत्तमालाई नमुना तथा सम्वृद्व बनाउने गरी विकासगर्ने उहांले बताउनुभयो ।

चुनावको समयमा जनताका अगाडी जाहेर गरिएका प्रतिवद्वता हरु पुरागर्ने बताउंदै चौधरीले धार्मिक, पर्यटन, सांस्कृतिक महत्व बोकेका स्थलहरुको संरक्षण र विकासलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

कार्यक्रममा गुल्मेली सम्पर्क समाजका कार्यवाहक अध्यक्ष नारायणप्रसाद पन्त, श्रृंगेश्वर धाम व्यवस्थापन समितिका सल्लाहाकार लोकनाथ उापाध्याय, टिकाराम घिमिरे, खेम पुन लगायतले बोल्दै श्रृागेश्वर धामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । धाम व्यवस्थापन समितिका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षता र सचिव केशव पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

यसैविच श्रृागेश्वर धाम परिसरमा निर्माण गरिएको शनि मन्दिरमा प्रतिष्थापन गरिएको शनि देवको मर्ति शनिबार तिलोत्तमा नगर नगरपालिकाका प्रमुख वासुदेव घिमिरे र मन्दिर निर्माणकर्ता बालकृष्ण भुसालले संयुक्त रुपमा अनावरण गर्नुभयो ।
सो अवसरमा श्रृागेश्वर धाममा जेष्ठ नागरिक मिलन केन्द्र स्थापनाका लागि समाजसेवी ऋषि भण्डारीले रु ५ लाख, खेम पुनले रु ५ लाख, हिराबहादुर भलामी मगरले रु ५ लाख, गुल्मेली सम्पर्क समाजले रु ५ लाख, वालकृष्ण भुसालले रु ५ लाख, मोतिलाल भण्डारीले रु २ लाख ११ हजार १११, लोकनाथ उपाध्यायले १ लाख ११ हजार, अग्नी थापाले १ लाख ११ हजार १११ र गीता पाण्डेले रु १ लाख ११ हजार सहयोग गर्नु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.