गोपाल पराजुलीलाइ प्रधानन्यायाधिशमा अनुमोदन

काठमाडौ । साउन १। कामु प्रधान न्यायाधीश गोपाल पराजुलीलाइ संसदीय सुनवाई विशेष समितिले प्रधानन्यायाधिशमा सर्वसम्मत अनुमोदन गरेको छ ।

विशेष समितिको आइतवार बसेको बैठकले प्रधान न्यायाधीशमा पराजुलीको नाम अनुमोदन गरेको हो । सुनवाई समितिमा सदस्यहरुले स्वतन्त्र न्यायपालिका, न्यायमा ढिलासुस्ती, राजनीतिक प्रभाव र चितवनको भरतपुर महानगरपालको मतगणना, डिआईजी नवराज सिलवाल जस्ता विषयमा सर्वोच्चको फैसला ढिलासुस्ती बारे प्रश्न गर्नु भएको थियो ।
जवाफमा पराजुलीले ३९ बुदे कार्य योजना प्रस्तुत गर्दै प्रविधिको प्रयोग गर्दै न्याय सम्पादनलाई प्रभावकारी बनाउने तथा निष्पक्ष, स्वतन्त्र र सहज रुपमा न्याय सम्पादन गर्ने बताउनुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.