बाढिपहिरोले बगाउँदा दुईजनाको मृत्यु,तीनजना बेपत्ता

काठमाडौ । साउन १ । रामेछापको लिखु गाउँपालिकाको छतिउने खोलामा आएको बाढि र पहिरोले बगाउँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।
गएराति वर्षासँगै आएको बाढीले तीनवटा घर बगाउँदा स्थानीय बालकुमारी खत्री र वासुदेव कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीपहिरोमा परेर सात जना घाइते भएका छन् ।
सडक निर्माणको काम भइरहेकाले खोला किनारको बस्तीमा बस्नेको सख्या यकिन नभएकोले बेपत्ता हुनेको संख्या बढ्न सक्ने पनि प्रहरीको अनुमान छ । बाढीपहिरोको जोखिममा परेर दशभन्दा बढी घरपरिवार विस्थापित बनेका छन् । बाढीले खिम्ती खोलाको पुललाई पनि क्षति पुर्यापएको छ । बाढीले राजमार्गको पुलमा समेत क्षति पुर्याकएपछि पुष्पलाल राजमार्ग अवरुद्ध बनेको छ ।
यसैबीच पश्चिमको कर्णाली राजमार्गअन्तर्गत मुगुको गमगढी-नाग्मा सडक वर्षाका कारण लगातार अवरुद्ध हुँदा दर्जनौं सवारी साधन अलपत्र परेका छन् ।
अविरल वर्षाका कारण गमगढी-नाग्मा सडक अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतदेखि सामान बोकेर हिडेका दर्जनौं सवारी बीच बाटोमै अलपत्र परेका हुन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.