एमालेद्धारा तत्काल आयोग गठन गरेर १६५ निर्वाचन क्षेत्र बनाउन सरकारसँग माग,एक सातामै आयोग बनाउने सरकारको प्रतिवद्धता

काठमाडौ । साउन १। नेकपा एमालेले अविलम्व निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेर १६५ निर्वाचन क्षेत्र बनाउने प्रकृया शुरु गर्न सरकारसँग माग गरेको छ । पार्टीले पहिलो र दोश्रो चरणको स्थानीय निर्वाचनमा पहिलो स्थान ल्याएको खुसीयालीमा केक काटेर आइतवार बसेको एमाले स्थायी समिति बैठकले सरकारले निर्वाचन सार्ने खेल स्वरुप २४० निर्वाचन क्षेत्रको कुरा उठाएको भन्दै क्षेत्र बढाउने कुरा मान्य नहुने स्पष्ट पारेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले सरकारले माघ ७ गतेभित्र सबै चुनाव गर्न आलटाल गरिरहेको भन्दै प्रदेश र प्रतिनिधिसभाको चुनावी प्रक्रिया अघि बढाउन माग गरेको सचिव योगेश भट्टराइले जानकारी दिनुभयो ।
बैठकले असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय निर्वाचनमा समेत पार्टीलाई पहिलो दल बनाउने संकल्पसहित चुनावी अभियानमा जुटन निर्देशन दिदै केन्द्र पनि त्यही रुपमा जुट्ने निर्णय गरेको छ ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सचिव भट्टराइले एमालेले संविधान संशोधन, आगामी निर्वाचनहरु र राजनीतिक गतिरोध अन्त्य गर्नेलगायतका विषयमा राजपा नेपालका नेताहरुसँग भइरहेको अनौपचारिक छलफललाई सार्थक बनाउनेमा छलफल गरेको बताउनुभयो ।
यसैबीच सरकारले एक साता भित्रै प्रदेश संसद र संघिय संसद निर्वाचनको तयारीका लागि आवश्यक कानून दिने विश्वास निर्वाचन आयोगलाइ दिएको छ । आयोगका पदाधिकारीहरुसंग आइतवार सिंहदरवारमा भएको छलफलमा प्रधानमन्त्री शेरवहादुर देउवाले छोटो प्रकृयाबाट कानुन वनाउने र एक सता भित्र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने भन्दै चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई सुझाव दिनुभएको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.