काठमाडौ । साउन १। कर छलीमा संलग्न भएर अर्बौ रकम हिनामिनामा संलग्न भएको आरोप लागेका सहसचिव तथा कर फर्छ्यौट आयोगका सदस्यसचिव चुडामणि शर्मासहित अन्य दुई पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कर निर्धारणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड बिगो मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा ७ अनुसार बिगोको दोब्बर हुने गरी जरिवाना माग गरेको छ ।
अख्तियारले अनुसन्धान सुरु गरेदेखि नै आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल भने फरार छन् । उनीहरु अनुसन्धान सुरु भएपछि विदेशमा लुकेर बसेको अख्तियारले दावी गरेको छ ।