प्रधानन्यायाधिशमा गोपाल पराजुली नियुक्त

काठमाडौ । साउन २। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा गोपाल पराजुलीलाई नियुक्त गरि पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका वरिष्ठतम माननीय न्यायाधीश श्री गोपाल पराजुलीज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, सर्वोच्च अदालतका न्यायाधीशहरु, न्यायपरिषदका सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु र सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति थियो । पराजुली आगामी वैशाखसम्म प्रधानन्यायाधीश रहनुहुनेछ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश पराजुलीलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाई विशेष समितिबाट उनको नाम सर्वसम्मतिले अनुमोदन भएको थियो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.