माघ ७ भित्रै सवै चुनाव सक्ने गरि तयारी थाल्न आयोगलाइ एमालेको आग्रह

बुटवल, साउन २ । नेकपा एमालेले नेपालको संविधान बमोजिम स्थानीय तह, प्रदेश र संघीय व्यवस्थापिकाको निर्वाचन २०७४ माघ ७ गतेभित्र अनिवार्य रुपमा सम्पन्न गरिनुपर्छ भन्ने कुरामा जोडदिदै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
सोमवार आयोग पदाधिकारलाइ भेटेर एमाले नेताहरुले निर्वाचनका लागि आवश्यक मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा आम मतदाताको सुविधा, सहजता र सरोकार समेतलाई दृष्टिगत गरी पर्याप्त समय र उपर्युक्त तथा आवश्यक प्रक्रिया अवलम्बन गर्न पनि आग्रह गरेका छन ।

यस्तै निर्वाचन भइसकेका जिल्लाका स्थानीय तहअन्तर्गत जिल्ला समन्वय समिति गठनमा देखिएको

अन्योल र ढिलाइलाई अविलम्ब अन्त गर्दै समिति गठन गर्न आवश्यक कार्य गर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र निर्वाचनसम्बन्धी कानून निर्माणमा सरकारको तर्फबाट भएको ढिलाइलाई लिएर निर्वाचन आयोगको सकारात्मक पहल गर्ने पनि आयोगको ध्यानाकर्षण गराएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.