सरकार विस्तारको सकस

बुटवल, साउन ३ । सरकार गठन भएको डेढ महिनासम्म आफैले २२ वटा मन्त्रालय ओगटेको भनेर आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाइ आफ्नै दल काँग्रेस र सत्ता साझेदार दलहरुका कारण सरकार विस्तारमा सकस परेको छ ।
पार्टी भित्रै रामचन्द्र पौडेल समुहले धेरै मन्त्री मागेको र अरु दलसँग मन्त्रालयको भागवण्डा नमिल्दा प्रधानमन्त्री देउवालाइ मन्त्रिपरिषद् बिस्तार गर्न कठिन भएको देउवाकै सहयोगीहरु बताउँछन ।
१२ मन्त्रालय लिने कसरतमा रहेका देउवासामु पार्टी भित्र पौडेल समुहले ४ भन्दा तल नझर्ने अडान राखेको छ । यस्तै माओवादीले ९ मन्त्रालय चाहिने भनेपछि अरु दललाइ कसरी सरकारमा ल्याउने भन्ने अप्ठ्यारो देउवालाई छ । हुँदाहुँदा फोरम लोकतान्त्रिकले समेत ४ मन्त्रालय मागेको छ ।
मन्त्रालय भागवण्डाको सकस मिलाउन प्रधानमन्त्रीका तर्फबाट विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीबाट उपप्रम कृष्णबहादुर महरा र नेता वर्षमान पुनले कसरत गरिरहेका छन । बुधवारसम्म विस्तार गर्ने गरि मन्त्रालयको तय गर्ने जिम्मा उनीहरुले पाएका छन ।
तर बुधवार पनि मन्त्रिपरिषद बिस्तार भैहाल्छ भन्ने यकिन अझै भएको छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.