नआत्तिनुस,तपाई देशभित्र जहाँ भएपनि मतदाता नामावलीमा नाम लेखाउन पाउनुहुन्छ

काठमाडौ । साउन ३ । तपाईको मतदाता नामावलीमा नाम छैन भने अव चिन्ता मान्नु पर्दैन । देशभित्र जहाँ भएपनि आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्नका लागि तपाईले मतदाता नामावलीमा नाम लेखाउन पाउनुहुनेछ ।

निर्वाचन आयोगले मतदाताको सहजताका लागि सवै ७ सय ४४ स्थानीय तहबाट नामावली संकलन गर्ने निर्णय गरेपछि आफ्नो जिल्ला नगइ आफु बसेको स्थानीय तहबाट मतदाता नामावलीमा नाम लेखाउन पाइने भएको हो ।

यसअघि जिल्ला निर्वाचन कार्यालयवाट मात्रै काम गर्ने निर्णय गरेको आयोगले राजनीतिक दलहरुको आग्रहमा सवै तहबाट समेतमतदाता नामावली संकलन थाल्ने निर्णय गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय भएका ७५ जिल्लाका सवै स्थानमा निर्वाचन कार्यालयले र त्यसबाहेकका उपमहानगर,नगर र गाउँपालिका कार्यालयमा समेत फोटो सहितको मतदाता नामावली संकलन गर्ने ब्यवस्था मिलाइएको छ ।

सवै तहमा मतदाता नामावली संकलन कार्य साउन १६ देखि ३२ गतेसम्म हुनेछ भने जिल्ला निर्वाचन कार्यालयमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म नामावली संकलन गर्न पाइने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

यो ब्यवस्थासँगै योग्यता पुगेका सवै मतदाताले आफ्नो जिल्ला नगइ जहाँ बसोवास गरेका छन त्यहीबाट मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन । तर नाम संकलन भैसकेपछि यदि त्रुटी सच्चाउनु पर्यो भने सम्वन्धित जिल्लामा नै जानुपर्नेछ ।

अहिले अधिकांश जिल्ला निर्वाचन कार्यालयहरुबाट मतदाता नामावली संकलन गर्ने कार्य भैरहेको छ । जिल्लाहरुमा मतदाता नामावलीमा नाम लेखाउनेको भिड नै छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.