एमालेलाई हराउन खोज्नेहरू आफैं हारे : एमाले नेता नेपाल

बुटवल, साउन ३ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई ओरालो लगाउन खोज्नेहरू आफैं तल खसेको दावी गरेका छन् । सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले सत्ताको दुरूपयोग गरी स्थानीय तहको निर्वाचनमा एमालेलाई हराउन षड्यन्त्र गरे पनि त्यो सफल हुन नसकेको बताए । युवा संघ नेपाल रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रम बोल्दै नेपालले भने, ‘एमाले ओरालो होइन, उकालो चढ्दो छ । हामी (एमाले) लाई हराउन षड्यन्त्र गर्नेहरु आफैं हारे ।’
‘एमालेलाई हराउन एउटै गाउँपालिकाका वडाहरूलाई यता उता पारेर, अनेक षड्यन्त्र गरियो’ नेता नेपालले थपे, ‘सत्तारूढ दलका षड्यन्त्रकाबीच एमाले पहिलो पार्टी बन्यो । आउँदो असोज २ गते हुने प्रदेश नम्बर दुईको चुनावमा पनि एमाले पहिलो पार्टी बन्छ ।’ ‘पहिलो चरण एमाले पहिलो शक्ति बन्यो दोस्रो चरणमा आफ्नो धेरै  सिटले पहिलो नै बन्यो, अबको तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलोनै बन्छ’ नेता नेपालले भने ।
‘कांग्रेस र माओवादीले देशमा अराजकता मच्चाउन मच्चाएको आरोप लगाए ।  चुनाबमा जाने हार्ने निश्चित भएपछि मतपत्र च्यात्ने, मतपत्र च्यात्नेलाई पुरस्कृत गर्ने यहीँ हो लोकतन्त्र ?’ नेता नेपालले प्रतिप्रश्न गरे । सत्तारूढ दल कांग्रेस र माकेले लोकतन्त्र मास्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।
उनले जनप्रतिनिधिहरूलाई स्थानीय जनताको चाहनाअनुसान काम गर्न आग्रह गरे । उनले जिल्लाभरका एमालेबाट निर्वाचित मेयर/उपमेयर, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र वडाअध्यक्षहरूलाई निर्देशन दिँदै भने, ‘जनताको हजुरहरू (जनप्रतिनिधि) जनताको सेवक हो, नेता होइन । जनतालाई छिटो, सरल र विकासका योजनाअनुसार काम गर्नुहोस ।’ मुलुकमा अब जनताको पार्टी एमाले मात्र रहेको नेता नेपालको भनाइ छ । कार्यक्रममा एमाले केन्द्रीय सदस्य लिला गिरीले एमालेको अहिलेको जितलाई आउँदो प्रदेश र संसदीय निर्वाचनमा पनि कायम राख्नुपर्ने बताए । लोकतन्त्र बलियो बनाउन आउँदो निर्वाचनमा पनि एमालेको जित आवश्यक रहेको गिरीको भनाइ छ ।
अबको प्रदेश सभा र संसद्को निर्वाचनमा एमालेलाई बहुमत आउने गरी लाग्न नेपालले कार्यकतालाई निर्देशन समेत दिए । देशको विकासका लागि एमालेको बहुमत सहितको सरकार आवश्यक रहेको नेता नेपालले बताए ।
विकासलाई पहिलो प्रथामिकता दिएर काम गर्न सबैलाई उनको आग्रह थियो । कार्यक्रममा बुटवल उप–महानगरपालिकाका प्रमुख शिव सुवेदीले बुटवललाई विकाशको नमुना नगर बनाउने गरी काम गर्ने बताए । कार्यक्रममा मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रीय उपाध्यक्ष धु्रव आचार्यलगायतले बोलेका थिए । युवा संघ नेपाल रूपन्देहीका कार्यबहाक अध्यक्ष नकुल शाहीको अध्यक्षता तथा सचिव कृष्ण थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.