खाडलमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

(साउन४ गते । डोजरले माटो निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका सोगामा खाडलको पानीमा पौडी खेल्न पुगेका दुई बालकको डुबेर मृत्यु भएको हो । एक जना बालकको भने सकुशलै उद्धार गरिएको छ । कञ्चन गाउँपालिका वडा नं. ३ सोगामा खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा ८ वर्षीय अनिश परियार र ५ वर्षीय रमन परियारको मृत्यु भएको हो । अर्का ३ वर्षीय बालक सुशन परियारको सकुशलै उद्दार गरिएको छ । सकुशल उद्दार गरिएका बालकलाई भने उपचारका लागि अस्पतालमा राखिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.