शिवनगर सामुदायिक वनमा २ हजार ५ सय बिरूवा वृक्षरोपण

बुटवल, साउन ४ । ‘रूख रोपाँै, वन जोगाऔँ, हरियाली बनाऔँ’भन्ने उद्देश्यका साथ शिवनगर सामुदायिक वन उपभोक्ता समूह बुटवलमा वृहत वृक्षरोपण गरिएको छ । वृक्षरोपणको बुटवल उप–महानगरपालिकाका प्रमुख शिव सुवेदीले शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै नगर प्रमुख सुवेदीले सामुदायिक वनसँग समन्वय गरेर बुटवललाई हरियाली बनाउने योजना बुटवल उप–महानगरपालिकाले अगाडि सारेको बताए । उनले सार्वजनिक जग्गा संरक्षण गरेर वृक्षरोपण गरिनुपर्नेमा जोड दिए ।
सो अवसरमा बोल्दै सेक्टर वन कार्यालय बुटवलका अधिकृत सत्यनारायण सिंहले रोपिएको बिरूवाहरूको संरक्षण आवश्यक रहेको बताए । बिरुवा रोप्दा हावा नछिर्ने गरी माटो च्यापेर रोप्नुपर्ने उनले बताए । टिक, कपुर सफेदालगायतका २ हजार ५ सय बिरूवा रोपिने सामुदायिक वन समूहले जनाएको छ ।
वनका अध्यक्ष नारायणबाबु बस्नेतले रोपिएका विरुवालाई हुर्काउन सबै किसिमको व्यवस्था मिलाइने बताए । उनले वनलाई सबैले आफ्नो ठानेर संरक्षणको अभियानमा सघाउनुपर्ने बताए । वनका अध्यक्ष बस्नेतको अध्यक्षता तथा सचिव श्यामकला आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.