सत्तापक्ष र राजपा नेपालको बैठक विना निष्कर्ष टुङगियो

काठमाडौ । साउन ४। तेश्रो चरणको निर्वाचनमा सहभागि हुन सत्तारुढ दलहरुले गरेको आग्रह यथाअवस्थामा सम्भव नभएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालले अस्विकार गरेको छ ।

दुइ पक्षबीच बुधवार बालुवाटारमा भएको छलफल निर्वाचनमा केन्द्रित भएपनि बैठक विना निष्कर्ष टुङगिएको छ । सरकारले निर्वाचनमा सहभागि हुन आग्रह गरेपनि राजपाले संविधान संशोधन लगायतका पुरानै माग दोहोर्याएपछि बैठक निष्कर्षविहिन भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कांग्रेस र माओवादी केन्द्र तथा राजपा नेपालवीच संविधान संशोधन र सरकार विस्तारबारे छलफल केन्द्रित भएको राजपा नेपालका नेता राजेन्द्र महतोले बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.