बुटवल उपमहानगर नगरकार्यपालिकाले पूर्णता पायो

, ४ साउन ।
बुटवल उपमहानगर नगरकार्यपालिकाले पूर्णता पाएको छ । कार्यपालिकामा महिला, दलित र अल्पसंख्यक सदस्यको निर्वाचनसंगै कार्यपालिकाले पूर्णता पाएको हो ।
तीन जना निर्वाचित भएका मध्ये सबै एमालेका रहेका छन् । कार्यपालिका एमालेको मात्रै बनेको छ । बुधबार सकिएको मतदानबाट कार्यपालिका सदस्यमा एकराज विश्वकर्मा, रञ्जित शेरचन र बिलप्रसाद नेपाली निर्वाचित हुनुभयो ।
त्यस्तै महिला सदस्यहरुमा सीता थापा आचार्य, बिमला श्रेष्ठ, माया दर्नाल, सुष्मा अर्याल र विष्णुकुमारी शर्माले बिजयी हुनुभएको छ । कार्यपालिकाका लागि कांग्रेसले तीन जना महिला सदस्य मात्रै उठाएको थियो ।
९७ जना निर्वाचित जनप्रतिनिधिमध्ये ९६ मत खसेको थियो । मतगणनाबाट सबै सदस्यहरु एमालेबाट नै निर्वाचित भएका छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.