प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन विद्ययेक संसदमा प्रस्तुत

काठमाडौ । साउन ५ । आगामी माघ ७ गतेभित्र सवै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक ब्यवस्था भएकोले समयमै चुनाव सम्पन्न गर्न छिटो कानून चाहिने भन्दै निर्वाचन आयोगले ताकेता गरिरहेका बेला सरकारले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन विद्ययेक संसदमा प्रस्तुत गरेको छ ।

सरकारले अघि बढाएको विधेयकमा प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेश सभा निर्वाचनमा १ दशमलव ५ प्रतिशत थ्रेसहोल्ड प्रस्ताव गरिएको छ ।

नयाँ विधेयकमा दोहोरो चुनाव लड्न नपाउने देखि नो भोटको पनि व्यवस्था समेटिएको छ ।

संसदको विहिवारको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री जनार्दन शर्माले प्रदेश र प्रतिनिधिसभा निर्वाचन विधेयक संसदमा पेश गर्नुभएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.