२ नम्वर प्रदेशको चुनावबाट पुरानो पराजयको क्षतिपुर्ति उठाउन काँग्रेस नेतृत्वको निर्देशन

काठमाडौ । साउन ५ । संसदको पहिलो दल भएपनि स्थानीय तहका दुवै चरणका निर्वाचनमा दोश्रो स्थानमा झरेको सत्तारुढ दल नेपाली काँग्रेसले आगामी असोज २ गते २ नम्वर प्रदेशमा हुने स्थानीय तह निर्वाचनमा पुरानो पराजयको क्षतिपुर्ति उठाउने बताएको छ ।

दुइ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन तयारीका लागी राजधानीमा विहिवार आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सहितका शिर्ष नेताहरुले पहिलो र दोश्रो चरणको स्थानीय तह निर्वाचनमा भएको हारको क्षतिपुर्ति हुनेगरी निर्वाचन अभियान अघि बढाउन २ नम्वर प्रदेशका नेताहरुलाइ निर्देशन दिएका हुन ।

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरवहादुर देउवाले अव समयमै टिकट वितरण हुने र यसअघिका निर्वाचनमा अन्तर्घात गरेकाहरुलाइ छिट्टै कारबाही गर्ने प्रतिवद्दता जनाउदै अव पहिलो दल बन्ने गरि चुनावी तयारी गर्न निर्देशन दिनुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यसअघिको पराजयको क्षतिपुर्ति अव उठाउनुपर्ने बताउनुभएको थियो ।

भेलाले असोज दुइ गतेको निर्वाचनको रणनीति तय गर्ने छ । भेलामा बोल्ने अधिकाशं जिल्ला सभापतिहरुले भने समयमै टिकट वितरण नभएको र पार्टीका तर्फबाट प्रभावकारी काम हुन नसकेकोले पराजय भोग्नुपरेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.