२ नम्वर प्रदेशमा असोज २ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौ । साउन ५ । निर्वाचन आयोगले आगामी असोज २ गते स्थानीय तह निर्वाचनको तेश्रो चरण अन्तर्गत २ नम्वर प्रदेशमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

सार्वजनिक कार्यतालिका अनुसार तेस्रो चरणमा निर्वाचन हुने ८ जिल्लाका १ सय २७ स्थानी तहमा भदौ २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

यसैगरी भदौ २२ गते मनोनयनपत्र जाँच, २३ गते उम्मेदवारी फिर्ता र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारलाई चुनाव चिह्न पनि २४ गते नै प्रदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

२ नम्वर प्रदेशमा निर्वाचन कार्यक्रम सञ्चालनका लागि भदौ ८ गते मुख्य निर्वाचन अधिकृत र १२ गते निर्वाचन अधिकृतहरुका कार्यालय खोलिने पनि आयोगले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.