विद्युत आपुर्ति अनियमित भएको बिषयमा विवाद हुँदा रुपन्देहीको नयाँमिलमा झडप

बुटवल । साउन १७। विद्युत आपुर्ति अनियमित भएको बिषयमा विवाद हुँदा रुपन्देहीको नयाँमिलमा झडप भएको छ ।

भरौलीया सव स्टेशनबाट विद्युत अनियमित भएको भन्दै स्थानीयले ताला लगाइदिएपछि प्रहरीले खोल्ने क्रममा मंगलवार झडप हुँदा सर्वसाधारण र प्रहरी समेत घाइते भएका छन ।

घाइतेहरुको बुटवल र मणिग्रामका अस्पतालमा उपचार भैरहेको छ ।

विद्युत नआएको भन्दै सर्वसाधारणले सिद्दार्थ राजमार्ग समेत अवरोध गरेका थिए ।

तालावन्दी र सडक अवरोध भएपछि प्रहरीले खोल्न खोजेपछि झडप भएको हो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.